पत्रकार प्रसाईसमेतको ७० लाख लगानीमा खुल्यो अमृतभोग

  प्रकाशित मिति
३ कार्तिक २०७७, सोमबार १४:०७


विर्तामोड, ३ कार्तिक । रेडियो बिराटका सञ्चालक एवम् पत्रकार देबेन्द्र प्रसाईले दुई जना युवा व्यवसायीसँग मिलेर विर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा ल्याएका छन् ।

पसलमा प्रसाईलाई साथ दिनेहरु मारवाडी युवा मञ्च विर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तल र पुराना मिठाई व्यवसायी राजु शर्मा पारिक रहेका छन् ।

विर्तामोड–५ स्थित काँकरभिट्टा रोडमा राजमार्ग दक्षिणतिर कालीमन्दिरको छेउमा रहेको अमृतभोगको आज सञ्चालक प्रसाईका पिता विष्णुप्रसाद प्रसाई तथा माता धनमाया प्रसाई र अर्का सञ्चालक मित्तलका पिता प्रयागराज मित्तल तथा माता प्रेम मित्तलले रिबन काटेर उद्घाटन गरे ।

सञ्चालक प्रसाईले अमृतभोगमा ताजा, आफ्नै उत्पादन र मिसावटरहित शुद्ध मिठाइका परिकारहरु विक्री हुने बताए । उनले पत्रकारिता नछाडेको समेत बताएका छन् ।

अमृतभोगमा सिलिगुडीमा मात्र पाइने स्वादिस्ट राजभोगलगायतका ५० किसिमका मिठाइ पाइने र पसलमा ७० लाख रुपैयाँ लगानी भएको अर्का सञ्चालक दिपक मित्तल बताउँछन् ।

पसलमा तीन तला रहेको र माथ्लो तलामा सोफा क्याबिन रहेको छ । ७ किसिमका रसबरी, १० किसिमका डोसा र चार्ट पाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज