नासाले भन्यो : चन्द्रमामा पानी भेटियो

  प्रकाशित मिति
११ कार्तिक २०७७, मंगलवार १९:१३


झापा, ११ कार्तिक । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पानी भेटिएको दाबी गरेको छ ।

चन्द्र ग्रहको दक्षिण ध्रुवको एक खाल्डोमा पानी फेला परेको नासाको दाबी छ ।

चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो ।

यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको क्लेभियस क्रेटरमा भेटिएको नासाले जनाएको छ ।

नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले चन्द्रमाको सतहमा हालै भेटिएको पानीको मात्र सहारा मरुभूमिमा रहेको पानीभन्दा १ सय गुणा कम रहेको जनाएको छ ।

नासाका अनुसार चन्द्रमाको सतहमा यसअघि गरिएको परीक्षणमा हाइड्रोजन ग्यास रहेको पत्ता लागेको थियो ।

तर त्यतिबेला हाइड्रोजन र पानी बन्नका लागि आवश्यक अवयव हाइड्रोक्सिलको गाँठो फुकाउन नासाका वैज्ञानिकहरुले सकेका थिएनन् ।

तर अहिले पानी पाइएको पुष्टि नासाले गरेको छ । तर वायुमण्डल नै नभएको ठाउँमा पानी कसरी भेटियो भन्ने प्रश्न उब्जिएको छ ।

नासाले गरेको पानीको यो पछिल्लो खोजको नतिजा नेचर एस्ट्रोनोमीको नयाँ अंकमा प्रकाशित छ ।

शोधकी सहलेखिका केसी होनिवलका अनुसार चन्द्र सतहको एक क्युबिक मिटरमा आधा लिटर जति पानी पाइएको हो ।

नासाले सन् २०२४ सम्मा मानवसहितको यान चन्द्रमामा उतार्ने योजना बनाएको छ ।

यस अघि पनि चन्द्रमामा पानी भएको बैज्ञानिकहरुले ठहर गर्दै आएका थिए । तर अब पानीको सबुद नै भेटिएको नासाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज