उपचार नपाएर ज्यान जाने अवस्था आएको भन्दै अस्पताल अनुगमन गर्ने लिङ्देनको घोषणा

  प्रकाशित मिति
११ कार्तिक २०७७, मंगलवार २२:०९


झापा, ११ कार्तिक । राप्रपा नेता तथा सांसद् राजेन्द्र लिङ्देनले विहीवार (कार्तिक १३) गतेदेखि झापाका अस्पतालको अनुगमन गर्ने भएका छन् ।

कोरोनाको बहानामा पहुँच नहुने आकस्मिक तथा दीर्घरोगीहरुले भर्ना र उपचार नपाएर अस्पताल चहार्दा चहार्दै ज्यान गुमाउनु पर्ने अवस्था बढेकोमा चिन्ता ब्यक्त गर्दै झापा क्षेत्र नं. ३ का सांसद् लिङ्देनले अहिले राति ९ बजेतिर सामाजिक सञ्जालमार्फत अनुगमनको घोषणा गरेका हुन् ।

‘एक सचेत नागरिक र प्रतिनिधि दुबैका हिसाबले कार्तिक १३ गतेबाट झापाका मुख्य अस्पतालहरुमा अनुगमन गर्ने अठोट गरेको छु,’ उनले फेसबुकमा लेखेका छन्– ‘जनप्रतिनिधिका नाताले यो चरम दुःखमा मुकदर्शक भएर बस्नु पर्दा आफुलाई असाध्यै पीडाबोध भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज