दमकको कोभिड अस्पतालमा कोरोना संक्रमित बृद्धको मृत्यु

  प्रकाशित मिति
४ मंसिर २०७७, बिहीबार १५:५२


मेचीनगर, ४ मंसिर । दमक–२ स्थित दमक अस्पताल कोभिड उपचार केन्द्रमा एक जना ७० वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

उनको विहानको राति २ वजे मृत्यु भएको केन्द्रकी ईन्चार्ज देबी दंगालले बताइन् ।

दमक–९ निवासी उनी केहि दिनदेखि बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार गरिरहेका थिए । बुधबार बीएण्डसीबाट निकालेर राति ८ वजे केन्द्रमा उपचारका लागि ल्याइएको दंगालले जानकारी दिइन् ।

बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा खर्चको अभाव भएपछि राति कोभिड उपचार केन्द्र दमक अस्पताल ल्याइएको उनको भनाइ छ ।

उपचारकै क्रममा विहान ८ वजे निधन भएको उनले बताइन् । यसअघि विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा स्वाबको नमुना संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज