प्रधानमन्त्री ओली मङ्सिर ७ गते सन्दकपुर नआउने

  प्रकाशित मिति
५ मंसिर २०७७, शुक्रबार ११:५३


झापा, ५ मङ्सिर । प्रधानमन्त्री केपी ओली इलामको सन्दकपुरमा सीमा निरीक्षणका लागि पर्सी आउने कार्यक्रम स्थगित भएको छ ।

इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालका अनुसार मङ्सिर ७ गते सन्दकपुरको सीमा निरीक्षणमा प्रधानमन्त्री आउने कार्यक्रम माथिबाटै स्थगित भएको हो ।

सन्दकपुर आउने प्रधानमन्त्रीको कार्यक्रम यो समेत गरी दुईपल्ट स्थगित भएको छ । सुरुमा मङ्सिर ५ गते आउने कार्यक्रम थियो ।

सन्दकपुर इलामको सबैभन्दा अग्लो स्थान हो । जहाँ चिसो निकै बढेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सन्दकपुर आउने कार्यक्रम स्थगित मात्र भएको हो, अर्को कुनै दिन आउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज