नायिका स्वेताको विजयेन्द्रसँग मंसिर २२ मा विहे

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार १३:४२


झापा, १८ मंसिर । नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो ।

स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिहे गर्न लागेकी हुन् । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

यी दुईले गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका बारेमा धेरै जानकारी भने दिइएको छैन ।

‘कहाँ भेटिएला’ नामक फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी स्वेताले पछिल्लो समय ‘कान्छी’ निर्माण गरेकी थिइन् ।

यसअघि स्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं.२०७३ सालमा बिहे गरेकी थिइन् । बिहे गरेको एक महिनापछि श्रीकृष्णको निमोनियाका कारण बिरामी परेपछि भारतमा उपचारका क्रममा निधन भएको थियो । त्यसपछि स्वेताले व्यापार व्यवसायलाई बढी समय दिएकी थिइन् ।

(खवरहव)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज