मेचीनगरमा हिंसा विरुद्धको दुईदिने अभियान

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार १४:४१


मेचीनगर, १८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मेचीनगर नगरपालिकामा बिहीवारबाट महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित शुरु अभियानका अवसरमा नगरपालिका महिला विकास शाखाले आयोजना गरेको कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको अध्यक्षतामा शुरु कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले व्यानर वाचन गरेर उद्घाटन गरेका थिए । अभिमुखीकरणमा सहभागीहरुलाई पहिलो दिन अधिवक्ता कविता शर्माले विविध विषयमा जानकारी गराउनु हुनेछ ।

उनले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका बारेमा समेत सहभागीहरुलाई जानकारी गराइन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, महिला हिंसाको स्वरुपमा परिवर्तन, हिंसा निवारणका लागि ध्यान दिनुपर्ने विषयवस्तु समेटिएको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

अधिवक्ता शर्माले स्थानीय तहमा आएका उजुरीबाट स्थानीय स्तरमा कस्ता प्रकारका लैङ्गिक हिंसा रहेका छन् भनेर हेर्न सहज हुने भन्दैं यसका आधारमा लैङ्गिक हिंसा निवारणका कार्यक्रम बनाउन र परिमार्जन गर्न सहजहुने सहभागीहरुलाई बताए ।

उनले प्रारम्भिक चरणमा नै विवाद निरुपण हुन सकेको खण्डमा अंगभंग हुने, आत्महत्या गर्नै, हत्या हुने अवस्थासम्म पुग्ने जोखिम न्यून रहने र प्रारम्भिक चरणमै विवाद निरुपणका लागि नजिकको भरपर्दाे निकाय स्थानीय तह नै रहेको जानकारी गराएका थिए ।

महिला हिंसा निवारणमा स्थानीय तहले राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालय, महिला सेल अदालत नागरिकस्तरका संघ संस्थासँग हिंसाका घटनामा र महिला सशक्तिकरणका लागि अन्य सम्बन्धित निकायसँग सक्रिय सहकार्य बढाउन रहेको आवश्यकता औल्याए ।

नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेलका अनुसार कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी र महिला तथा बालबालिकाकाक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिसहित २५ जना सहभागी छन् ।

शुक्रबार नगरका कार्यवहाक प्रमुख उप्रेतीले कार्यपत्र प्रस्तुत गर्ने तथा नगरपालिकामा हिंसाका घटना कम गर्न कस्तो नीति बनाउने तथा त्यसमा कसरी वजेट विनियोजन गर्ने विषयमा चर्चा हुने छ । उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ कार्यकारी अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा विश्वभर मनाइने गरिएको छ ।

सामान्यरुपमा हामीले महिला हिंसा यौन शोषण, सार्वजनिक वा निजी जीवनमा, लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य, वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य पनि लैङ्गिक हिंसा तथा महिलाहरुलाई उनीहरुको अधिकार र स्वतन्त्रताको उपयोगबाट वञ्चित गर्नु पनि महिला हिंसा भएको महलिा अधिकारकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज