सरकारले किन्यो कोरोना विरुद्धको १० लाख डोज खोप
प्रकाशित मिति
९ फाल्गुन २०७७, आईतवार १६:१५
झापा, ९ फागुन । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोपको १० लाख डोज नेपाल भित्रिएको छ ।
नेपालले भारतसँग २० लाख डोज किनेकोमा त्यसको आधा आज ल्याइएको हो । कोभिसिल्ड नामको यही खोप यसअघि लगाउन थालिसकिएको छ । भारतले अनुदानमा दिएको खोपपछि आफैँले किनेको यो पहिलो खेप हो ।
एयर इन्डियाको विमानबाट ल्याइएको खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो । फागुन २३ गतेबाट सबै जिल्लाको स्वास्थ्य कार्यालयको समन्वयमा यसको वितरण हुनेछ । त्यसअघि टेकुमा रहेको कोल्ड स्टोरमा यसको भण्डारण हुनेछ ।
२० लाख डोज खोप द्रुत गतिबाट खरिद गर्ने गरि यसअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
(पहिलोपोष्ट)