श्रीमतीद्वारा ज्यान मार्ने धम्की

  प्रकाशित मिति
२० चैत्र २०७७, शुक्रबार १९:००


भद्रपुर, २० चैत । श्रीमतीबाट आफुलाई पटकपटक ज्यान मार्ने धम्की अएको भन्दै दमक–३ स्थायी घर भएका ५९ बर्षीय चेतनारायण श्रेष्ठले आफनो ज्यानको सुरक्षा गरिदिन र आफ्नो सम्पति समेत फिर्ता गराईदिन सम्बन्धित सरोकारवाला निकाय समक्ष माग गरेका छन् ।
हाल भद्रपुर नगरपालिका–१० स्थित धनुषमोडमा भाडामा बस्दै आएका श्रेष्ठले आफुलाई छोडि अर्कैसँग गएकी श्रीमती रिना श्रेष्ठले आफ्नो घर दमक जान र बस्न नदिइ ज्यानमार्ने सम्मको धाक धम्की दिने गरेकोले आफ्नो ज्यानको सुरक्षा गरिदिन माग गरेका हुन् ।

आफुले ८ बर्षअघि ल्याएकी श्रीमतीले दमकमै गत मंसिरमा आफ्नो ७ वर्षीया छोरीसहित अर्कैसँग गए की र आफुसँग भएको ६ लाख ६१ हजार ५ सय रुपैयाँसहित लिएर गएकी हुँदा उक्त रकम तत्काल फिर्ता गर्न समेत उनले माग गरेका छन् ।

उनले रिनाले आफुलाई पटकपटक आफ्नो घरमा जाँदा समेत बाटो ढुकेर विभिन्न अपरिचित ३०,३५ जना मनिसको समुह बनाई योजनाबद्ध तरिकाले आफुलाई कुटपिट गर्ने योजना बनाएको गुनासो गरे । न्यायको लागि आफुले पटक पटक स्थानीय तहका जनप्रतिनिधि, प्रहरीप्रशासन लगायतका सरोकारवाला निकायमा पुग्दासमेत आफ्नो सुनुवाई नभएको उनले बताए ।

चेतनारायणले नावालक छोरीलाई आफुले पालनपोषण गर्न पाउनु पर्ने, सुरक्षाको प्रत्यायभुती हुनु पर्ने र रिनाले लगेको उक्त पैसा समेत फिर्ता गराई सहजरुपमा आफनो घरमा बसोवास गर्न पाउनु पर्ने बातावरण मिलाई दिन सरोकारवाला सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज