मृत अवस्थामा भेटिए गाँउले होटलका सञ्चालक

  प्रकाशित मिति
२२ चैत्र २०७७, आईतवार १३:१२


मेचीनगर, २२ चैत । दुई दिनदेखि हराईरहेका बिर्तामोडका एकजना पुरुष आइतबार मेचीनगरमा मृत अवस्था भेटिएका छन् ।

बिर्तामोड–५ का ५० वर्षीय पुरुष आज मेचीनगर–१३, चारआली स्थित कालिझोडामा मृत अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड स्थित गाँउले होटलका सञ्चालक तीलक निरौला दुईदिनदेखि वेपत्ता रहेका थिए । उनि आज कालिझोडामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल वरिपरि प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीका अनुसार धरानबाट कुकुर मगाएकोले अहिले नै थप कुरा केहिपनि भन्न नमिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज