काँकरभिट्टा खानेपानी : चौवीस वर्षपछि एमालेलाई बागडोर

  प्रकाशित मिति
२३ चैत्र २०७७, सोमबार ०६:०५


।। अर्जुन कार्की ।।

मेचीनगर, २३ चैत । काँकरभिट्टा खानेपानीमा २४ वर्षपछि एमालेले बागडोर हात पारेको छ ।
२०५० सालमा स्थापना भएको खानेपानी संस्थामा पहिलो पटक संस्थापक अध्यक्षका रुपमा कम्युनिष्टका तर्फबाट बुद्विनाथ पौडेल थिए । उनले तीनवर्षको एक कार्यकाल समाले ।
त्यसपछि लगातार २४ वर्षसम्म काँग्रेसले बागडोर समाल्दै आएको थियो । पाँच वटा कार्यकाल हाँकेको काँग्रेसले यसपटक खानेपानीबाट विदा लिनु पर्यो ।

अध्यक्ष पौडेलपछि काँग्रेसबाट भुवानी केरुङ, त्यसपछि दुई कार्यकाल गोपाल तामाङले संस्था समालेका थिए । त्यसपछि फेरि काँग्रेसबाट नै सुर्यप्रकाश उप्रेतीले एक कार्यकाल अध्यक्ष समालेका थिए । वर्तमान अध्यक्ष हर्कबहादुर फ्याक लिम्बु पनि काँग्रेसबाटै अध्यक्ष निर्वाचित भएका थिए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आइतबार सम्पन्न चुनावबाट एमाले र राप्रपा गठबन्धन प्यानलका अध्यक्ष राजकुमार पराजुली निर्वाचित भए । वर्तमान अवस्थामा एमाले विभाजित थियो । खानेपानी चुनावमा सिंगो एमाले मिलेर पराजुलीलाई अध्यक्षको उम्मेद्वार बनाईएको थियो । खानेपानी चुनावले पनि मेचीनगरका एमाले एकजुट भएको सन्देश दिएको छ ।

संयुक्त प्यानलका पराजुलीले १५९२ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार हर्कबहादुर फ्याक लिम्बुलाई ८८ मतले उछिन्दै खानेपानीको बागडोर हात पारेका हुन । उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार लिम्बुले १५०४ मत प्राप्त गरेका छन् । अर्का अध्यक्षका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिलानाथ आङदेम्वेले २०७ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित भएपछि लोकतन्त्र पोष्टलाई प्रतिक्रिया दिँदै पराजुलीले भने–‘कम्युनिष्टको विरासत फेरि खानेपानीमा फर्काएको छु ।’ उनले साझा उम्मेद्वारकोरुपमा जितेकोले सबैलाई मिलाएर लाने र उपभोत्तालाई विशुद्व खानेपानी दिने प्रतिवद्वता व्यक्त गरे ।

यसैगरी उपाध्यक्षमा संयुक्त प्यानलका गोविन्द गिरीले १४४१ म्त ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु लोकतान्त्रिक प्यानलका रिमादेवी खरेलेले ९००, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजु चेम्जोङले २८२ र स्वतन्त्रका उम्मेद्वार कृष्ण सुवेदीले ४४८ मत प्राप्त गरेका छन् । सचिवमा लोकतान्त्रिक प्यानलका दिलीपजंग सुब्बाले १४१५ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु संयुक्त प्यानलका चन्द्रप्रसाद निरौलाले १३३५ र संघीयका चन्द्रकुमार राईले ४१६ मत प्राप्त गरेका छन् ।

यसैगरी, कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका मीना कटुवाल विजयी भएकी छन् । उनले १४६२ मत प्रप्त गरि विजयी भएकी हुन । उनका प्रतिष्पर्धीहरु संयुक्त प्यानलका हेमा सिटौलाले १२५३ र संघीयका भवानी महतले २८५ मत मात्र प्राप्त गरेको निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले बताए । यसैगरी सदस्य पदमा संयुक्तका ३ र लोकतान्त्रिक प्यानलका २ जना विजयी भएका छन् । क्षेत्रगतको महिला सदस्यमा लोकतान्त्रिक प्यानलका पार्वती खड्काले १५६० र सदस्य पदका उम्मेद्वार केदारजंग भट्टराईले १४९९ मत ल्याइ विजयी भएका छन् ।

त्यस्तै लोकतान्त्रि प्यानलबाट खुल्ला महिला सदस्य पदमा दुर्गादेवी भेटवालले १४१०, सदस्य पदका उम्मेद्वार प्रितम काफ्लेको १५९७ र नारायण काफ्लेले १३५३ मत ल्याइ विजयी भएका छन् ।
लोकतान्त्रि प्यानलका तर्फबाट सदस्य पदका उम्मेद्वार शेरबहादुर थापा (शेखर काजी) ले ९३३, खगराज भट्टराईले १११३ मत मात्र प्राप्त गरेका थिए भने संयुक्त प्यानलका सदस्य मिनमाया लिम्बू सुब्बाले १११५ र रविन राउतले १३९१ म्तमा चित्त बुझाउनु परेको थियो ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट सदस्य पदका उम्मेद्वार प्रकाश गुरुङले ४८७ र भवानी विक्रम तुम्वाहाम्फेले ४५७ मत मात्र प्राप्त गरेको निर्वाचन समिति सदस्य केशव पोखरेलले बताए । यता लेखा समिति संयोजकमा संयुक्त प्यानलका जीवनकुमार थापाले १५२३ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका कृष्ण कट्टेलले १३८४ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै सदस्यमा लोकतान्त्रिकका महिला सदस्य मिरा कार्कीले १५८७ र इन्दिरा बुढाथोकी अधिकारीले १४५०मत ल्याइ विजयी भएका छन् । संयुक्त प्यानलका सीता राईले १३४९ र टोलबहादुर सुनार (नारायण)ले १३७४ मत प्राप्त गरेको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज