ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  प्रकाशित मिति
८ बैशाख २०७८, बुधबार ११:२३


झापा, ८ वैशाख । मेचीनगर नगरपालिका–१३ चारआली चौक स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको मे १ ख८ ११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको थियो ।

सो दुर्घटनाबाट मोटरसाइकल चालक मोरङ पथरी स्थित शनिश्चरे नगरपालिका–९ का २१ बर्षीय प्रवेश बयलकोटी घाइते भई उपचारका लागि वीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो ।

सोही मोटरसाइकलमा पछाडी सवार सोही स्थान बस्ने २२ बर्षीय सागर लिम्बु समेत सामान्य घाइते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–२ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज