मेची आवाज छैठौँ वर्षमा

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार ०९:२६


मेचीनगर, २१ वैशाख । मेचीनगरबाट प्रकाशित मेची आवाज साप्ताहिक पत्रिका छैठौँ वर्षमा प्रवेश गरेको छ ।
२०७३ वैशाख १९ गतेदेखि प्रकाशन सुरु भएको सो पत्रिकाले सफलता पूर्वक ५ वर्ष पुरा गरेको छ । पत्रिकाले ग्रामीण परिवेशका घट्ना र आवाज विहीनहरुको आवाजलाई उजागर गर्दै आएको र आगामी दिनमा आम पाठकको भावनालाई सम्बोधन गर्दै पत्रिकालाई पठनीय बनाइने पत्रिकाका प्रकाशक तथा सम्पादक डम्बर बरालले बताए ।

पत्रिकाको वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रबाट शुभकामना सन्देश प्राप्त भएको सम्पादक बरालले बताए । शनिवार नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पत्रिकाको सफलताको शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा आगामी दिनमा मेची आवाजलाई अझ स्तरीय र पठनीय बनाउन सुझाव दिएका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी, मेचीनगर प्रेस क्लबका अध्यक्ष लक्ष्मी उप्रेती लगायतले शुभकामना सन्देशमा महामारीको समयमा समेत उत्साहका साथ पत्रिकालाई निरन्तरता दिएकोमा धन्यवाद दिएका थिए ।

वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा लोकतन्त्र पोष्ट राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक मोहन काजीले कोरोना महामारीकाबीच पनि पाठकलाई सहि र सत्य सूचनादिन मेची आवाज अनलाइन तथा पत्रिकाले ग्रामीण परिवेशका समाचारलाई प्राथमिकताका साथ उठान गर्न सुझाव दिएका थिए ।

सो अवसरमा राससका झापा प्रमुख अम्बिका भण्डारी, लोकतन्त्र पोष्टका प्रधान सम्पादक अर्जुन कार्की, खवर मञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेल, पत्रकार विमर्श उप्रेती, गगन ढकाल, राकेश थापा लगायतले मेची आवाजका सम्पादक बराललाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज