मेचीनगरमा कन्ट्याक्ट ट्रेसिङका २३ जनाको स्वाब संकलन

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार १६:२१


मेचीनगर, २१ वैशाख । मेचीनगरका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्तिहरुको आज पीसीआर (स्वाब परीक्षण) गरिएको छ ।

मेचीनगर नगरपालिकाको कार्यालयमा मंगलबार दिउसो संक्रमितहरुको सम्पर्कमा रहेका २३ जना व्यक्तिहरुको स्वाब परीक्षण गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले मेचीनगरमा कोरोनाको नयाँ भेरियन्टबाट संक्रमण भएका ५३ जना रहेको बताए ।

उनले संक्रमितको नजिक रहेका २३ जना आफन्त तथा शुभेच्छुकहरुको पीसीआर टेष्ट गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज