भर्खरै : माधव नेपालसहित चार नेताको कार्वाही फुकुवा

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार ११:२७


झापा ३० वैशाख । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित स्पष्टीकरण सोधिएका चार नेताको कारबाही फुकुवा गरेको छ ।

स्थायी कमिटीको बिहीबार बिहान बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।

समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपालसहित रावल, पाण्डे र भूसाललाई एमालेले ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

बहुमतको सरकार गठनको समय सकिदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

(स्रोत : नेपाली वहस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज