भर्चुअलमार्फत वातावरणीय कानून र संरक्षण सम्बन्धि छलफल

  प्रकाशित मिति
२३ जेष्ठ २०७८, आईतवार २०:३१


भद्रपुर, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा चन्द्रगढीमा एक दिवसीय वातावरणीय कानून र वातावरण संरक्षणका चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल वार एशोसिएसन झापा तथा सोही मातहत रहेको वातावरण समितिको आयोजनामा आइतवार भर्चुअल मिटिङमार्फत सम्पन्न कार्याक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला अदालत झापाका न्यायधीश टिकाराम आचार्यले गरेका थिए ।

एशोसिएसनका झापा अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्याक्रमको सहजीकरण वातवरण विद् चक्रपाणी नेपाल र सार्वोच्च अदालत बार ईकाइ वातावरण समितिका अध्यक्ष पदमबहादुर श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा एशोसिएसनका पुर्वाञ्चल उपाध्यक्ष मानबहादुर रुम्दाली, सर्वाेच्च अदालत वार ईकाई अध्यक्ष पूर्र्णामान् शाक्य, वरिष्ठ अधिवताहरु कुलप्रसाद दाहाल, दामोदर सापकोटा, देवी लुङ्गेली, नपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

भर्चुअल मिटिङमा प्रदेश नं १ का उच्च अदालत विराटनगरसहित मोरङ, धनकुटा, तेह्रथुम, संखुवासभा लगायत विभिन्न जिल्लाका एशोसिएसन प्रतिनिधिहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

सचिव हेमकला कट्टेलले सञ्चालन गरेको कार्याक्रमको औचित्यमाथि प्रकाश समिति सदस्य तीलकसिंह पाण्डे र स्वागत एशोसिएसन झापाका उपाध्यक्ष कमला आचार्यले गरेकी थिइन् ।

।। रेवतीराज घिमिरे ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज