निर्माण सामग्रीको ढुवानी खर्च बढाइएकोमा आपति

  प्रकाशित मिति
२५ जेष्ठ २०७८, मंगलवार १५:४०


मेचीनगर, २५ जेठ । लकडाउनका कारण नदीजन्य सामग्रीको ढुवानी खर्च अत्याधिक मात्रमा बढाईएको भन्दै सारोकारवालाहरुले आपति जनाएका छन् ।

लकडाउनको मौका छोपेर घर निर्माणका लागि प्रयोग गरिने नदीजन्य सामग्रीको ढुवानी खर्च अत्याधिक मात्रमा बढाईएकोमा उनीहरुले आपति जनाएका हुन् ।

घर निर्माणका लागि प्रयोग गरिने ढुंगा, मिसगिटी, बालुवा, सिमेन्ट, ईटा, रड लगायतका सामग्रीको ढुवानी खर्च पहिला भन्दा डवल बढाएकोमा स्थानीयले गुनासो गर्न थालेका छन् ।

‘लकडाउन अघि एक ट्याक्टर मिसगिटी, बालुवाको एक हजारदेखि १५ सयसम्म रेट थियो’, घर बनाउँदै गरेका काँकरभिट्टाका दीपक अधिकारीले भने–‘लकडाउनको कारण देखाउँदै अहिले २५ सयसम्म ढुवानी खर्च लिने गरेको छ । खोलाबाट उक्त सामग्री ल्याउदा कर तिर्छन कि तिदैनन् थाहा छैन । तर, घर बनाउने ठाउँमा ल्याई पुर्याउँदा सो रकम दिनुपर्छ ।’

‘लकडाउनअघि एक ट्याक्टर ढुंगाको २५ सय थियो’ नकलबन्दाका मदन श्रेष्ठले भने–‘तर अहिले गाउँमा ४५ सय र सहर बजारका लागि ५ हजारसम्म ढुवानी खर्च असुल्ने गरिएको छ ।

लकडाउनअघि नै खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरेर गाउँमा थुपारेर राख्ने अनि अहिले लकडाउनको मौका छोपेर ढुवानी खर्च बढाएको भन्दै उनीहरुले गुनासो गर्न थालेका हुन् ।

त्यस्तै सिमेन्ट, ईटा, रड लगायतका सामग्रीको पनि मुल्य र ढुवानी खर्च बढाएकोमा उनीहरुको आपति छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज