झापामा १४०७ जना कोरोना मुक्त

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार २०:५७


मेचीनगर, २८ जेठ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १२६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४८ महिलासहित १२६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा दमकका ७० वर्षीय पुरुष, उर्लाबारी–५ का ६५ वर्षीय पुरुष, फिदिम–८ का ५४ वर्षीय पुरुष, अर्जुनधारा–८ का ७० वर्षीया महिला र बिर्तामोड–१ की ६२ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

दमकमा २ महिलासहित ७ जना, बिर्तामोडमा ७ महिलासहित १७ जना, गौरादहमा १ जना महिला, मेचीनगरमा २ महिलासििहत ४ जना, भद्रपुरमा ५ महिलासहित ८ जना, कनकाईमा ४ महिलासहित ९ जना, हल्दिबारीमा १० महिलासहित १५ जना, अर्जुनधारामा ३ महिलासहित ८ जना, बुद्वशान्तिमा ३ जना पुरुष, गौरीगञ्जमा १ जना महिला, कचनकवलमा १ जना महिला, कमलमा २ महिलासहित ४ जना, शिवसताक्षीमा ५ महिलासहित ७ जना, बाह्रदशीमा १ महिलासहित २ जना र झापामा १ महिलासहित २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १२०७२, डिस्चार्ज ९०७१, आइसोलेसनमा २६८२ जना, कुल संक्रमित एन्टिजेन १४१६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २२९३ जना र आज निको भएर घर फर्किएका १४०७ जना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज