दमकमा पनि समुदायमा फैलियो कोरोना

मेचीनगर, ३० साउन । विद्युत प्राधिकरणका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएसँगै समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विद्युत प्राधिकरणमा काम गर्ने ५ कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दमकका एक जना विमारी धुलिखेल अस्पतालमा जाँच गर्दा कोरोना देखिएसंगै दमकका नयाँ ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

एकजना भारतबाट आएकी महिलामा कोरोना संक्रमण भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक–५ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

५ जना विद्यत प्राधिकरणमा काम गर्ने कर्मचारी रहेको बताइएको छ । भारतबाट आएकी महिला भने होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

गत बुधबार १०७ जनाको मास टेस्टीङ गरि पिसिआर परीक्षण गर्दा ती ६ जनाको रिपोर्ट भने पोजेटिभ आएको अधिकृत भट्टराईले जानकारी दिए ।

विहीबार स्वाब संकलन गरिएको २०० जनाको पिसिआर परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: