बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

  प्रकाशित मिति
१२ कार्तिक २०७७, बुधबार ०७:५२


झापा, १२ कार्तिक । बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

दसैंयता मेचीनगरको धाइजनस्थित निजी निवासमा रहेका प्रसाईको मंगलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।उनका छोरा राजेश प्रसाईमा पनि संक्रमण पुष्टि भएको बताइएको छ ।

विगत पाँच दिनदेखि जिउ दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिए तापनि ज्वरो र खोकीको लक्षण आफुलाई नभएको प्रदेश प्रमुख प्रसाइले लोकतन्त्र पोस्टसँग बताए ।

‘घरमै आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ,’ प्रसाईले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज