मेचे जाति र मेची नदीको साइनो

।। सन्तोष आचार्य ।।

मेरो बसोवास मेची नदीको किनारमा छ । यसलाई हिजोआज मेचीनगर भनिन्छ । यो नगर नेपालको सुदूरपूर्वमा पर्छ । भारत हुँदै नेपाल प्रवेश गर्ने पूर्वको मुख्य द्वार हो यो । हुन त इलामको पशुपतिनगरबाट पनि नेपाल प्रवेश गर्न सकिन्छ । पशुपतिनगरको नाका भन्दा यो नाका बढी व्यवहारमा छ । मेचीनगरको वडा नम्बर ६ मा छ मेरो घरवास । यो साविक वडा १० थियो हाल १० नम्बर वडा धुलावारी सरेको छ । यो बजारलाई काँकरभिट्टा पनि भनिन्छ ।

मेचीनगर हुनु पूर्व काँकरभिट्टा गाउँ विकास समिति थियो । काँकरभिट्टा हुनु पूर्व आदर्श नकलवन्दा गाउँ पञ्चायत थियो । पछि आदर्श भन्न छाडेर नकलवन्दा मात्र भन्न थालेको पाइन्छ । नकलवन्दाभन्दा माथि (उत्तरतिर) बाहुनडाँगी छ जुन यतिबेला मेचीनगरभित्रै पर्छ । दक्षिणमा ज्यामिरगढी छ, यो पनि हाल मेचीनगरमै पर्छ ।

नेपालको इतिहासमा ‘मेची’ नदीको नाम पहिलोपटक प्रतापसिंह शाहको पालामा उल्लेख भएको पाइन्छ । त्यसभन्दा अघि यो नदीलाई के भनिन्थ्यो भन्ने उल्लेख छैन । ‘मेचे’ बसोबास गरेको क्षेत्रबाट बग्ने नदी भएकाले यसलाई ‘मेची’ भनिएको भनेर तर्क गर्नेहरु पनि छन् ।

साविक धुलावारी गाविस र काँकरभिट्टा मिलेर २०५३ सालमै मेचीनगर बनेको हो । धुलावारी पश्चिममा पर्ने दुवागढी र धाइजन पनि यतिबेला मेचीनगरमै गाँभिएका छन् । वरिपरिका सबै लालाबाला जनसङ्ख्या लिएर मेचीनगरले आफ्नो साम्राज्य विस्तार गरेको छ । १ लाख १२ हजार आसपासको जनसङ्ख्या लिएर मेचीनगर इलामको सीमाना निन्दा सिरानदेखि त…….ल ज्यामिरगढिको मेची पारी गाउँसम्म फैलिएको छ ।

भुगोलको प्राकृतिक विविधता छ । वर्गीय विविधताका सिडीहरु पनि श्रृङ्खलाबद्ध छन् । जातीय विविधताका लागि यो नगर मुलुकमै नमूना नगरनै हो भने पनि हुन्छ । सांस्कृतिक रुपमा पनि मेचीनगरले आफुलाई समृद्ध ठान्दछ । खुल्ला सीमा, सहज आवतजावतका कारण व्यापार व्यवसायमा पनि मेचीनगरले होलो खुकुलोनै महसुस गरिरहेको छ ।

नेपाली राजनीतिमा पनि मेचीनगरको पहुँच उचो छ । आज मेचीनगर जे देखिएको छ, हिजो यस्तो थिएन । हिजो भन्दा अगाडि जाने हो भने कुनैबेला मेचीनगर भन्ने शहरको अस्तित्व नै थिएन । अझ भनौं ‘मेची’ भन्ने शब्दको नै अस्तित्व थिएन । यो शब्द कसरी सुरु भयो ? आज हामी यहि सेरोफेरोमा चर्चा गर्ने छौं । जसले मेची नदी, मेची अञ्चल, मेची राजमार्ग हँुदै मेचीनगर जस्ता स्थानहरुको प्रतिनिधित्व गर्दै आइरहेको छ ।

आज हामीसँग जे छ त्यो हिजो अर्कै स्वरुपमा थियो । हिजोको स्वरुप हिजोको हिजो अर्कै थियो । हिजोको पनि हिजो र त्यसको पनि हिजोको खोज भनेको इतिहासको खोज हो । इतिहासको खोज भनेको उत्पत्ति र उद्भवको खोज हो । यो उत्पत्तिको खोजमा, इतिहासको खोजमा ‘म’ कहाँ छु भन्ने कुरा नै ‘पहिचानको मुद्धा’ रहेछ । भिडमा आफुलाई खोज्नु, सामूहिक तस्वीरमा आफ्नो आकृति खोज्नु र इतिहासमा आफ्नो या आफ्नो वर्ग समुदायको उपस्थिति, योगदान र सम्मान खोज्नु नै पहिचानको खोज हो । यो खोजमा विश्वका सबै समुदायहरु कुनै न कुनै रुपमा व्रिmयाशील रहेका हुन्छन् । नेपालमा पनि यस्तो व्रिmयाशीलता पछिल्लो समय घनिभूत रुपमा देखिन थालेको छ । यो सामाज विकासको एक महत्वपूर्ण चरण पनि हो ।

यो बेला नेपालमा भएका जातजाति, वर्ग समुदायहरुले आफुलाई खोजिरहेका छन् । यो खोज इतिहास तर्फ पनि छ र राज्यका अङ्गतर्फ पनि । आफु उभिएको धरातलमा आफ्नो स्थानको खोजी हुनु एक महत्वपूर्ण घटना हो । यतिबेला नेपालका मेचे जातिहरु यस्तै महत्वपूर्ण कार्यमा सव्रिmय देखिएका छन् ।

अस्ति बैशाख २३ गते पत्रकार सम्मेलन गरेर बैशाख २८ र २९ गते झापाको मेचीनगर–१०, धुलावारीमा प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा–२०७६ को आयोजना गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा मेचे बोडो साहित्य सभा नेपालका अध्यक्ष कमल मेचे र मेचे समाज शिवियारी आफात नेपालका अध्यक्ष रानलाल मेचेले कार्यव्रmमको उद्देश्य र औचित्य बताएका थिए । मेचे समुदायको ठूलो चाड बैसागु बथरको अवसरमा नेपाल भारतमा रहेका सबै मेचे बोडो जातिहरुको भाषिक, सांस्कृतिक तथा साहित्यिक भेलाका रुपमा यो कार्यव्रmमको आयोजना भएको थाहा भो ।

बैशाख २८ र २९ गते धुलावारीमा हुने यस कार्यव्रmममार्फत मेचे बोडो जातिले आफ्नो भाषा संस्कृतिको जगेर्नाका लागि विविध कार्यव्रmम गर्दैछन् । विभिन्न विद्वानहरुसँग अन्तरव्रिmया, छलफल र बहसहरु गर्दैछन् । मेचेहरुको उत्पत्ति र विकासका बारेमा विमर्श गर्दैेछन् । हामीले पनि मेचे जातिका बारेमा बहुआयामिक पक्षहरु थाहा पाउने अवसर प्राप्त गर्नेछौं । मेचे जाति र हाम्रा लागि समेत यो कार्यव्रmम एक महत्वपूर्ण घटना हुने विश्वास गर्न सकिन्छ ।

को हुन् मेचे ? कहाँबाट आए ?
सामान्य बुझाईमा भारतको आसाम राज्यमा भएका बोडो जातिलाई नेपालमा ‘मेचे’ भनिएको भन्ने छ । कतिले ‘मेचे’ र ‘बोडो’ एउटै जाति हो पनि भन्छन् । बोडोलाई बोदो वा बोरो पनि भन्ने गरिएको पाइन्छ । कतिले मेची नदी आसपास बस्ने भएकाले यसलाई ‘मेचे’ भनिएको भन्ने तर्क पनि गरेका छन् । मेची नदी आसपास बसेका कारण मेचे भएका हुन् या मेचे बसेको कारण मेची नदी भएको हो ? यो खोजको विषय बनेको छ । यसका लागि आधारभूत रुपमा मेचे को हो र यो जाति कहाँबाट आए ? भन्ने विषयबाट छलफल सुरु गर्नु पर्छ जस्तो लाग्छ । यस सन्दर्भमा धेरै विद्वानहरुले मत व्यक्त गरेका छन् ।

जुनसुकै शब्दको उत्पत्ति, इतिहास र अर्थ अलग अलग हुन्छ । ‘मेचे’ शब्दको पनि आफ्नै इतिहास र अर्थ रहेको पाइन्छ । नेपाली वृहत शब्दकोषमा ‘मेची अञ्चल अन्तरगत झापा जिल्लामा बस्ने एक जाति’ भनिएको छ । विकिपिडिया विश्वकोषमा ‘पूर्वी तराईको झापा जिल्लाका आदिवासी मध्ये ‘मेचे’ एक हुन् । परापूर्वकालमा मेची खोला र कनकाई नदीका बीचमा बस्ने भएकाले यिनीहरुलाई ‘मेचे’ भनिएको हो’ भनिएको छ ।

एकथरी विद्वानले ‘मेचे’ शब्द संस्कृत शब्द ‘म्लेच्छ’बाट आएको भनेका छन् । केही विद्वानहरुका अनुसार प्राचीनकालमा आर्य कुलका मानिसले अनार्य कुलका मानिसलाई ‘म्लेच्छ’ शब्द प्रयोग गर्ने गर्थे । यहि म्लेच्छ शब्द अपभं्रश हुँदै मेच्छ भएको र मेच्छ पछि मेच भएको हो भन्ने गरिन्छ । नेपाली जनजिब्रोमा ‘ए’ प्रत्यय लगाएर शब्द बनाउने चलन अनुसार ‘कोच’बाट कोचे र ‘मेच’बाट मेचे भएको भन्ने तर्क पनि छ । यो तर्कले रामलाई रामे, धनलाई धने भने जस्तै मेचलाई मेचे भनिएको हुन सक्छ ।

केही इतिहासकार तथा विद्वानहरुले विभिन्न खोज अनुसन्धान पछि मेचे र राजवंशीको पूर्खा एउटै हो पनि भनेका छन् । बोडो सम्बन्धी खोजकर्ता जे.डी. अन्डरसनले ‘बोडो इन्साइक्लोपेडिया अफ रिलिजन एन्ड इथिक्स’ नामक पुस्तकमा मेचे र राजवंशीका पुर्खाका बारेमा उल्लेख गरेका छन् ।

‘मेच’ (मेचे) वा म्लेच्छ बोदोहरु आर्यन बङ्गाली परिवारका छिमेकी हुनाले पश्चिम बङ्गालका बङ्गालीहरु द्वारा दिइएको नाम हो । जसको अर्थ जङ्गली, असभ्य, वा वेल्श देशबासी ९द्यबचदबचष्बलक यच धभकिज० हुन्छ ’ (जे.डी. अन्डरसन) । सुरुमा अनार्यहरुका लागि मात्र प्रयोग भएको यो शब्द कालान्तरमा मेचे जातिलाई जनाउन प्रयोग गर्न थालिएको देखिन्छ । मेचे र राजवंशीलाई एकै पटक जनाउने शब्दका रुपमा मेचे–कोचे शब्दको प्रयोग हुने गरेको छ ।

यस सन्दर्भमा झापाका पुराना पत्रकार एस. एल. शर्माले २०५२ सालतिर प्रकाशित गरेको ‘मेचे संस्कार र परिचय’ सम्बन्धी आफ्नो लेखमा पनि मेचे र कोचेको बारेमा उल्लेख गरेका छन् । उनले आफ्नो शोधमूलक चौमासिक पत्रिका ‘प्रज्ञा’मा भनेका छन्, ‘आसामतिर ठूलो (जेठा)लाई बोडो ९द्ययमय० भन्दछन् ।’ कोच (राजवंशी) भन्दा मेच जेठो (ठूलो) भएकोले मेचेलाई आसामतिर ‘बोडो’ भनिएको भन्ने तर्क पनि छ ।

मेचे र कोचेबीचको समानताका बारेमा ‘मेचे इतिहास र संस्कृति’ पुस्तकका लेखक सन्तलाल मेचे पनि स्वीकार्छन् । सन्तलाल भन्छन्–‘मेचे र राजवंशी महिलालाई एकै ठाउँ राखेर हेर्ने हो भने छुट्याउन केही अप्ठेरो हुन्छ । मेचे र राजवंशीको पहिरन तथा शारीरिक बनावटलाई दाँज्दा समरुपता देखिन्छ ।’ (मेचे इतिहास र संस्कृति,२०६८ )

मेचे जाति सम्बन्धी खोज अनुसन्धान गर्ने पश्चिमा विद्वानहरुमध्ये फ्रान्सिस् बुचानन हामिल्टनले मेचे र धिमाल जाति एकै किसिमका हुन् भन्ने तर्क गरेका छन् । उनले यो जाति कामरुप सीमाक्षेत्रका भएको बताएका छन् । यता पौराणिक कथाहरुमा पनि ‘म्लेच्छ’ शब्दको प्रयोग भएको पाइन्छ ।

डा.स्वामी प्रपन्नाचार्यले ‘प्राचीन किरात इतिहास’ नामक पुस्तकमा म्लेच्छ र किरात शब्द पर्यायबाची शब्दका रुपमा प्रयोग भएको उल्लेख गरेका छन् । उनले रामायण महाभारत, लिङ्ग पुराण आदिमा किरातहरुलाई ‘म्लेच्छ’ भनेर पुकार्ने गरेको उल्लेख गरेका छन् । इतिहासकार बाबुराम आचार्यले अमरकोषमा ‘म्लेच्छ’ शब्दको प्रयोग गरेका छन् । धेरै विद्वानहरुको ‘म्लेच्छ’बाट अपभ्रंश हुँदै मेच (मेचे) शब्द बनेको हो भन्ने कुरामा विश्वास गर्छन् ।

इमानसिंह चेम्जोङले ‘किरात साहित्यको इतिहास‘ नामक पुस्तकमा लिम्बू, खम्बू र मेचे जातिहरु चीनबाट तिब्बत हुँदै नेपाल आएको उल्लेख गरका छन् । उनीहरु नेपालबाट भारतका मैदानमा पुगे । उनीहरुमा रेशमबाट कपडा बुन्ने इलम थियो । उनीहरु रेशमलाई किरेत भन्थे । रेशमको व्यपारीलाई किरेती भन्थे । उनीहरुले रेशमका किराहरु साथै ल्याएका थिए । हिमालय पहाडबाट तराइमा झरी रेशमको खेती र उद्योग गर्न थाले । तराईमा औधी गर्मी भएकाले लिम्बू र खम्बू पहाडतिरै गए भने मेचे चाहि खुल्ला मैदान र नदी किनारतिर लागे ।

पूर्वी नेपालका ठूला खोला हालको कोशी, कनकाई, मेची नदीका किनार र ब्रह्मपुत्र आसपास गई बसोवास गर्न थालेको कुरा उल्लेख छ । केही विद्वानहरुले मेचे जातिलाई इन्डो–चाइनिज पनि भनेका छन् । ती विद्वानहरुले मेचे जातिलाई होजाई, कछारी, कोची, मोदाई, फुल्गोरिया, हेरमिया, धिमाल राभाहरुसँग नजिकको सम्बन्ध रहेको बताएका छन् ।

शास्त्रदत्त पन्थका अनुसार जसरी धिमाललाई पूर्वी पहाडका लिम्बूका सन्तान भनिन्छ, उसैगरी मेचेलाई पूर्वी पहाडका राईका खलक मानिन्छ, (शास्त्रदत्त पन्थ÷झापाका आदिवासी) । ‘राई, लिम्बू र याख्खाबाहेक झापा जिल्लाको मेचे–बोडो र कोचे–राजवंशीहरुका पूर्खा समेत एकै हुन् भन्ने पनि धेरै राईहरुको विश्वास छ,’ (डोरबहादुर विष्ट÷सबै जातको पूmलबारी)

मेचे जाति र मेची नदीको सम्बन्ध
कसै कसैले मेची नदी किनारमा बसोबास भएकाले यिनीहरुलाई ‘मेचे’ भनिएको हो भन्ने तर्क पनि गरेका छन् । तर, तथ्यहरु अध्ययन गर्दा र माथि उल्लेख गरिएको ‘म्लेच्छ’ शब्दबाट नै ‘मेचे’ शब्द बनेको तर्कलाई मान्ने हो भने हालको मेची नदीको नामाकरण नभइकनै परापूर्वकालदेखि नै मेचे जातिको अस्तित्व रहेको देखिन्छ ।

यो जाति खोला किनारमा बस्न रुचाउने जाति हो । सिकार गर्न र माछा मार्न सजिलो हुने भएकाले पनि यिनीहरुले खोला नदी छेऊ खोजेको हुनुपर्छ । नेपालको इतिहासमा ‘मेची’ नदीको नाम उल्लेख पहिलोपटक प्रतापसिंह शाहको पालामा भएको पाइन्छ । त्यसभन्दा अघि यो नदीलाई के भनिन्थ्यो भन्ने उल्लेख छैन । मेची नदीलाई नेपालको सीमामात्र मेची नदी भनिने गरेको छ । केही विद्वानहरुले मेचे बसोबास गरेको क्षेत्रबाट बग्ने नदी भएकाले यसलाई मेची भनिएको भनेर तर्क गरेका छन् ।

नदीहरुको नाम सामान्यतयाः स्त्रीलिङ्गी हुने भएकाले मेचेको स्त्री लिङ्गी मेची भएको भन्ने तर्क उनीहरुको छ । प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा आयोजक समितिका अध्यक्ष कमल मेचेकी आमाको नागरिकतामा धनेश्वरी मेची लेखिएको छ ।

मेची नदी मात्र नभएर कनकाई, कोशी नदी समेत मेचे कोचेको नामबाट नामाकरण भएको भन्ने तर्क आउन थालेको छ । मेचे कोचे अगुवाहरुसँगको कुराकानीका आधारमा कोशी नदी आसपास कोचहरुको ठूलो बसोवास थियो । पछि उनीहरु त्यहाँबाट विभिन्न कारणले पलायन हुँदै पूर्व दक्षिण बसाइ सरे । कोचहरुको बसोबास भएकाले यो नदीको नाम कोची भएको र पछि कोची अपभ्रंश भई कोशी भएको भन्ने किंवदन्ती छ । त्यसतै चार कोशेझाडीलाई पनि पहिले कोचहरुको बसोबास भएको जङ्गल अर्थात कोचे झाडी भनिने गरेको थियो भन्ने तर्क छ । हुन त कोशौ लामो र ठूलो भएकाले कोशी नदी या कोशे झाडी भनिएको भन्ने तर्क पनि छ ।

यता कनकाई नदी पनि मेचे भाषाको ‘खोनखाई दैलाम‘बाट बनेको भन्ने छ । मेचे भाषामा खोनखाई भनेको माछा टिप्ने ठाउँ र दैलाम भनको खोला भन्ने अर्थ लाग्छ । पछि त्यही खोनखोइ अपभ्रंश भई कनकाई भएको भन्ने तर्क छ । मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य तथा मेचे नेता पूर्ण मेचेका अनुसार कुनै बेला झापाको कनकाई नदीदेखि मेची नदीसम्म मेचे जातिहरुको बाक्लो बसोवास थियो । मेचीनगरको वडा नम्बर १ मा रहेको मेचे डाँगीमा कुनै समयमा मेचेहरुको ठुलो बस्ती थियो । पछि नेपाल एकीकरण हुने व्रmममा सरकारका मान्छे आए भन्ने भए पछि रातारात मेचेहरु ठाउँ छाडेर भागेको त्यहाँका पुराना बसोवासीहरु बताउँछन् ।

झापामा रहेका विभिन्न स्थानहरुको नाम मेचे भाषाबाटै राखिएको देखिन्छ । जस्तै खुदुनावारी, ज्यामिरगढी, दुवागढी (दवा अर्थात बडर), वावारी जलथल, आदि स्थानहरु मेचे भाषाबाटै नामाकरण भएको देखिन्छ ।

यसरी हेर्दा मेचे जातिहरु पूर्वी नेपालमा परापूर्वकालदेखि बसोवास गर्दै आएको बुझ्न सकिन्छ । मेची नदीको नामाकरण हुनु पूर्वबाटै मेचे समुदायको अस्तित्व देखिएकाले मेची नदी मेचे जातिकै नामबाट नामाकरण गरिएको हो भन्न सक्ने आधार देखिन्छ । मेची नदीको नामाकरण पछि नदीकै नाममा अञ्चलको नामाकरण भएको बुझिन्छ । त्यसैगरी मेचीनगरको नाम पनि यहि नदीकै नामबाट राखिएको बुझ्न सकिन्छ ।

यस सन्दर्भमा सन्तलाल मेचे आफ्नो पुस्तक ‘मेचे इतिहास र संस्कृति’मा लेख्छन्–‘प्राचीन समयमा मेचे समुदायहरुले आजको वर्तमान मेची नदीको छेउछाउमा बसोवास बनाए र बाहिरी आगन्तुकहरुले मेचे बसोवास गरेको छेउको नदीको नाम मेची नदी भन्न थाले ।’

संविधानसभा सदस्य तथा मेचीनगरका प्रथम नगरप्रमुख रविन कोइराला मेचीनगरको नामाकरणको सन्दर्भमा यसो भन्छन्–‘मेची नदीलाई नै आधार बनाएर मेचीनगरको नामाकरण भएको हो । मेची नदीको नामाकरण चाहिँ मेचे जातिबाट भएको हो भन्ने तर्क मैले पनि सुनेको हुँ, थप अध्ययन गर्न बाँकी छ ।’

मेचे जातिहरुले आफ्नो इतिहास र अस्तित्वको खोजमा यो विषय उठान गरिरहेका छन् । यसबाहेक कसैको कुनै अर्को तर्क भए आसन्न अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सम्मेलनमा चर्चा होस् । खुल्ला विमर्श र इतिहासमाथि आलोचनात्मक विष्लेषण हुन जरुरी छ । तथ्यका आधारमा मेचेहरुले आफुलाई अघि ल्याइरहेका छन् । मेचेहरुले आफुलाई ‘प्रथम नागरिक‘ दाबी गरिरहेका छन् । आदिवासी, जनजाति या मूलबासीहरुले यो विषयमा गम्भीर छलफल गर्न जरुरी छ ।

यो आलेख तयार पार्न सहयोग गनु हुने मेचे जातिका अगुवाहरु तथा सम्मेलन आयोजक समितिका कार्यकारी अध्यक्ष रोनलाल मेचे, विरेन मेचे, कमल मेचे, नरेन्द्र मेचे, रोशनी मेचे, सञ्जय मेचे, गङ्गाप्रसाद मेचे, विनोद मेचे लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । आलेखका लागि सन्दर्भ सामग्रीको रुपमा सन्तलाल मेचेद्वारा लिखित ‘मेचे इतिहास र संस्कृति’ पुस्तक र उल्लेखित सामग्रीलाई लिएको छु । सहयोगी सबैलाई साधुवाद । अन्त्यमा, मेचेहरुको महान पर्व बैसागु बथरको अवसरमा हार्दिक शुभकामना ।
(लेखक नेपाल पत्रकार महासंघ झापाका सचिव हुन् ।)
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: