प्रधानसेनापतिद्वारा बृक्षारोपण उद्घाटन

भद्रपुर । प्रधानसेनापति पूर्णचन्द्र थापाले झापाको कमल गाउँपालिकामा रहेको सेनाको २१ नम्बर बाहिनी परिसरमा आज लिचीको विरुवा रोपण गरेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन–२०७५ को लक्ष्य अनुसार ‘एक सैनिक एक फलफूलको विरुवा’ अभियान अन्तरगत विभिन्न जातिको फलफूलको विरुवा बाहिनी परिसरमा रोपिएको हो ।

कार्यक्रममा प्रदेश नम्बर १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतले सरकारले प्रदेश नम्बर १ मा ४० लाख फलफूलसहित विभिन्न जातजातिका विरुवा रोपण गर्ने कार्यक्रम रहेको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

बाहिनी परिसरमा एक हजार ४ सय आँप, आठ सय लिची, सात सय रुख कटहर, एक सय नरिवल, एक हजार पाँच सय सुपारी, एक सय एभोकाडो, पाँच सय केरालगायतका फलफूलका विरुवा रोपिने बाहिनी पति डा. आशबहादुर तामाङले बताउनुभयो ।

उहाँका अनुसार एक हजार विरुवा डिभिजन बन कार्यालय झापाले प्रदान गरेको र बाँकी बाहिनीले नै खरिद गरेर रोपण गरिएको हो । कार्यक्रममा नेपाली सेनाको प्रदेश नम्बर १ का पृतनापति, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीलगायत कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: