सिद्धार्थ होटल उद्घाटन गर्दै मन्त्री भट्टराईको घोषणा-‘सन् २०२१ लाई आन्तरिक पर्यटन वर्ष बनाउँछौं’

  प्रकाशित मिति
१३ मंसिर २०७७, शनिबार १८:१८


झापा, १३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रुपमा अघि बढाउने योजना रहेको बताए ।

कोभिड १९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिका लागि बलियो टेवा पुर्याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

हप्तामा शनिवार र आइतवार दुईदिन सार्वजनिक विदा दिएर छुट्टिको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफुले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको जनाउँदै उनले कोरोना महामारीको संकटबाट गुज्रिएको नेपाली पर्यटन अब उठ्न र अगाडि बढ्न थालिसकेको बताए ।

५० करोडको लगानीमा सिद्धार्थ होटल

मन्त्री भट्टराईले उद्घाटन गरेका सिद्धार्थ होटल ग्रान्ड सिटीमा एघार जना उद्यमीको रु. ५० करोड लगानी रहेको छ ।

विर्तामोड नगरपालिका वडा नं. ४ मा मुख्य सहरभित्रै ६ कठ्ठा जग्गामा फैलिएको यस होटलमा लक्जरी तहको ५१ वटा कोठा, ५ वटा रेस्टुरेन्ट, २ वटा कन्फरेन्स हल, स्वीमिङ पोखरीलगायतका सुविधा छन् ।

यसको व्यवस्थापन नेपालकै ख्यातिप्राप्त सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले हेरिरहेको सो समूहका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानकारी दिए ।

होटल उद्घाटन अवसरमा संघीय सांसद् गणेशकुमार पहाडी, प्रदेश सांसद् एकराज कार्की, उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष मिनप्रकाश मैनाली, कुलप्रसाद संग्रौला, प्रकाश शिवाकोटी, होटलका अध्यक्ष देवीप्रसाद मैनालीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज