‘उत्कृष्ट खानेपानी संस्था बनाउने मेरो लक्ष्य छ’

  प्रकाशित मिति
२० चैत्र २०७७, शुक्रबार ०७:५८


काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको यहि चैत २१ गते हुने निर्वाचनमा संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च अध्यक्ष, सह–अस्तित्ववादको तर्फबाट अध्यक्षका प्रतिस्पर्धी लिलानाथ आङ्देम्बेसँग लोकतन्त्र पोष्टका प्रधानसम्पादक अर्जुन कार्कीले गरेको कुराकानी ।

तपाईको उम्मेद्वारी किन ?

खानेपानी संस्थामा त्यति शुद्ध, सुलभ र गुणस्तरीय पानी भएन, पानीमा लेदो आउन थाल्यो । त्यसकारण मेरो अध्यक्षमा उम्मेद्वारी हो । जनताको गुनासो धेरै आयो । शुद्ध, सफा र न्युनतम मुल्यमा पानी जनताको घरसम्म पुर्याउनका लागि हो ।

जित्नेमा विश्वस्त हुनुहुन्छ ?

जति जित्छु भन्ने लागेको थियो त्यो भन्दाबढि गाउँमा जाँदा जनताले नयाँ अनुहार खोजिरहेको देखे । जो इमानदार, जोसजागर भएको, धेरैलाई राम्रो मान्छे आईदिओस भन्ने लागेको मैले गाउँमा जाँदा बुझे । त्यसकारण मलाई उपभोक्ताले जिताउछन् भन्ने विश्वास छ ।

आधार के के छन् ?

खानेपानीमा समस्या धेरै छन् । जनताले मत दिएर जिताए भने पानीमा शुद्धता, गरिव निमुखा जनताका लागि न्युनतम मुल्यमा धारा जडान गर्नेछु । जनतालाई चामल नभए केहि हुँदैन तर पानी भएन भने बाच्न सक्दैन ।

१२ हजार रुपैयाँ तिरेर धारा जडान गर्न नसक्ने गरिव जनतालाई ५० प्रतिशत छुटमा धारा जडान गर्ने व्यवस्था मैले जिते भने गर्छु । संस्थामा झनझटिया र खिचातानी व्यप्त छ । त्यसलाई रोक्न सके सबै वडामा धारा विस्तार गर्न समस्या हुने छैन ।

मान्नुस्, जित्नु भयो, योजना के छन् ?

विभिन्न ठाउँ ठाउँमा पानी पुगेको छैन् । धारा नपुगेको ठाउँमा अनुगमन गरेर पानीको धारा विस्तार गरिनेछ । विस्तार गर्दै जादाँ काहिँ कमि कमजारी भए त्यसलाई नरिसाइकन हाँसीहाँसी जनताका काम गर्नेछु । जनताको काम गर्न जोस जागर भएकाले काम गरेर देखाउँन चाहान्छु ।

घरको काम छोडेर पनि जनताको काममा रातदिन लागेको छु । खानेपानी संस्थामा भएका दुःखलाई वैज्ञानिक ढंगबाट सरसल्लाह गरेर अघि बढेर उत्कृष्ट खानेपानी संस्था बनाउने मेरो लक्ष्य हुनेछ । संस्थाको ऋण तिर्न सकेसम्म अहिले जति धारा जडान छ त्यसलाई दोब्बर गरे ऋण तिर्न सजिलो हुने थियो ।

खानेपानीमा दलीय भिडन्त उचित हो ?

खानेपानी कार्यालय भनेको एउटा साझा संस्था हो । संस्थामा राजनीतिक गर्नु हुँदैन । राजनीतिक गर्ने ठाउँ अर्को छ । संस्थामा राजनीतिक गरे विकास सम्भव छैन् । र, संस्थाले गतिपनि लिन सक्दैन । राजनीतिकबाट अलग बसेर संस्थाको हितमा काम गर्ने मेरो इच्छा छ । पार्टी भनेको एकातिर छ । म स्वतन्त्र रुपमा अघि बढेर काम गर्नेछु ।

अतिरिक्त सेवा शुल्कको कुरा के हो ?

सर्भीस वा कुनै पनि सेवामुखी चार्ज ग्राहकबाट लिन पाईदैन । अझ ग्राहकको घरमा धारा जडान गर्दा मिस्त्री खर्चसमेत लिनु हुँदैन । एउटा धारा जडान गर्दा १२ हजार लाग्छ तर, मिस्त्री खर्चसमेत गरेर २० हजार लिन्छन । त्यो सबै सेवामुखी चार्ज बन्द गरिनेछ ।

अन्त्यमा ?

सफा, शुद्ध पानी, हाम्रो अभियान भन्ने उद्देश्यले यहि चैत २१ गते हुन गइरहेको खानेपानीको चुनावमा मलाई अमुल्य मतले जिताउन सहयोग गरे त्यसको सम्मान र कदर गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज