हेलिकप्टरबाट आएकासहित झापाबाहिरका ४० जना संक्रमितको बीएन्डसीमा उपचार हुँदै

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार १६:०९


मेचीनगर, ३० वैशाख । काठमाडौँ लगायतका जिल्लामा भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएको छ ।

अक्सिजनसहितको सिलिण्डर र वेड नपाएर संक्रमित विरामीहरु विभिन्न अस्पतालका परिसरमा उपचार पर्खेर बस्न बाध्य भएका छन् ।

होम आईसोलेसनमा बसेका संक्रमित विरामीहरु पनि झापाको वीएण्डसी आउन थालेका छन् ।

काठमाडौँका अस्पतालमा वेड र भेन्टिलेटरसहित आइसियु नपाएर होम आईसोलेसनमा बसेकी सातदोबाटोकी ५७ वर्षीया संक्रमित विरामी सावित्रा श्रेष्ठ आज दिउसो वीएण्डसी आईपुगेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

उनी हेलिकप्टर चार्टर गरेर वीएण्डसी आएकी हुन् । हेलिकप्टर चार्टर गरेर काठमाडौँबाट झापा आउन कम्तीमा ६ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ ।

वीएण्डसीमा हाल ८६ जना संक्रमित विरामीको उपचार भईरहेको उनले बताए । त्यसमध्ये ४० जना विरामी काठमाडौँ लगायत देशका विभिन्न जिल्लाबाट हेलिकप्टर चार्टर गरेर आई वीएण्डसीमा उपचार गरिरहेको जनसम्पर्क अधिकारी गिरीको भनाइ छ ।

ती सबै विरामीमध्ये कोहि वेड, कोहि भेन्टिलेटर र कोहिको आइसियुमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज