‘हङकङ मार्केट’मा चालीस वर्षपछि बल्ल सार्वजनिक शौचालय

मेचीनगर । ‘हङकङ मार्केट’ भनेर चिनिदै आएको झापाको धुलावारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ ।

मेचीनगर नगरपालिका वडा नं. १० मा रहेको धुलावारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । जहाँ महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोड शौचालयको बेग्लै कोठा छ ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार चालीस बर्षदेखि नेपालको ‘हङकङ मार्केट’को रुपमा कहलिएको धुलावारी बजारमा व्यापारीहरुले सार्वजनिक शौचालयको माग गर्दै आएका थिए । अहिले निर्माण भएको सार्वजनिक शौचालयले विदेशी पर्यटक र किनमेलका लागि आउने स्थानीयहरुलाई सुविधा भएको बताउनुहुन्छ ।

धुलावारी बजारमा चिनियाँ र तेस्रो मुलुकको सामान खरिद गर्न भारतको सिक्किम, दार्जीलिङ, सिलगढी, आसाम, मेघालय, नागाल्यान्ड मात्र नभएर भूटानको फुन्चोलिङ र बङ्गलादेशको पञ्चगढबाट समेत खरिदेहरु आउने गरेको तिम्सिना बताउनुहुन्छ ।

आज मेचीनगर–१० का अध्यक्ष सुदय पनेरुले रिबन काटेर उक्त शौचालयको उद्घाटन गर्नुभयो ।

शौचालयको निर्माणमा नगरपालिकाले रु. ५ लाख र मेची उद्योग वाणिज्य सङ्घले रु.४ लाख लगानी गरेको निर्माण समितिका अध्यक्ष ललित बोहोराले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: