चलचित्र ‘घरजम’ धुलाबारीमा प्रर्दशन हुँदै

धुलाबारी । मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ झापाको धुलाबारीमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ काक्तिक ८ गते धुलाबारी स्थित तृष्ण चलचित्र मन्दिरमा प्रर्दशन हुने भएको हो ।

सोमबार धुलाबारीमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले धुलाबारीमा विशेष प्रर्दशन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले भनेः ‘घरजम’का लागि स्टार भ्याल्यु रोजाइमा पर्न सकेन ! क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले ‘घरजम’ बनेको छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले सन्ततीलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेको मान्यताका साथ चलचित्र निर्माण गरिएको बताए ।

चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष रहेको जानकारी गराइएको छ । साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्र्रर्दशनीको तयारी समेत गरिएको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिए । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको बताइएको छ ।

घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीय स्तरमा पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग चलचित्रबारे समिक्षात्मक छलफल गर्ने योजना बनाएको छ । उद्योगको रुपमा स्थापित चलचित्र क्षेत्र र चलचित्रबारे छलफलको सुरुवात गर्ने योजना रहेको घरजमका संचार सल्लाहकार मिलन लिम्बूले जानकारी दिए ।

करिब ८० लाखको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सह–निर्माताको रुपमा तेज मेन्याङबो रहेका छन् । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायत कलाकारको अभिनय गरेका छन् ।
धुलाबाररी विशेष प्रर्दशन समितिका संयोजक विरु बेघा अनुसार धुलाबारी प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको छ । धुलाबारी क्षेत्रका अधिक दर्शकलाई प्रर्दशनीमा सहभागी गराउने लक्ष रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: