मुक्तिचोकमा गर्जिदै युवाले भने : अब अति भो

  प्रकाशित मिति
१५ आश्विन २०७७, बिहीबार २१:५७


विर्तामोडको मुक्तिचोकमा आयोजित विरोधसभामा सहभागी एक युवती । सबै फोटो सौजन्य : आमसञ्चार डटकम

विर्तामोड, १५ असोज । विहीवार दिउँसो झापामा चर्को घाम लागेको थियो । त्यो भन्दा पनि तातो थियो बझाङमा बलात्कारपछि हत्या गरिएकी सम्झना कामीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विर्तामोडको मुक्तिचोकमा जुर्मुराएका युवाको आक्रोश ।

सामाजिक अभियन्ता नारायण कडरियाले १३ वर्षीया सम्झना कामीको हत्यारालाई कडा सजायको माग गर्दै उनको श्रद्धाञ्जलि सभामा उपस्थित हुन सामाजिक सञ्जालमार्फत एक दिन अघि मात्र आह्वान गरेका थिए ।

स्वतन्त्र युवाहरुको नाममा सयौ युवा आज मुक्तिचोकमा प्लेकार्ड र फ्लेक्स व्यानर मात्र होइन, दिनहुँ बढिरहेको बलात्कार, हत्या लगायतका महिला तथा दलितमाथिको हिंसाका अपराधमा सरकार लाचार देखिएको भन्दै विरोधको बुलन्द आवाज पनि बोकेर भेला भएका थिए ।

उनीहरुले सहर परिक्रमा गरे । जोशिलो कवितामा एटुजेड समूहका युवा डान्सरले नृत्य गरे । अधिकारकर्मी सावित्री सुबेदीको अगुवाईमा नाराबाजी गरे । कोणसभा गरे । प्रज्ञा प्रधानले ‘आमा दिदी बहिनी हो’ बोलको कालजयी गीत सुनाइन् । भाषण गरे । नारी जागरणका गीत गाए । अनि सरकारतिर औलो ठड्याउँदै भने–‘खबरदार, अब त अति भो ।’

सामाजिक अभियन्ता नारायण कडरियाले उत्पीडित र शोषित पीडितको पक्षमा उनान्तीस सालमा झापा विद्रोह गर्ने कम्युनिस्ट नेताहरु नै देशको सत्तामा छँदा मुलुकमा महिला, दलित, जनजाति, मुस्लिम र अल्पसंख्यकको हित रक्षा गर्न नसकेको आरोप लगाए ।

उनले अन्यायी शासनविरुद्ध झापाबाटै नयाँ विद्रोह हुने चेतावनी समेत दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज